NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

रोमाञ्चक बन्दै दक्षिण अमेरिकी छनोट : उरुग्वे पाँचौमा झर्‍यो, कसको स्थान कति ?

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप फुटबल छनोट रोमाञ्चक मोडमा पुगेको छ । आज बिहान भएको खेलमा पेरूले कोलम्बियालाई १–० गोल अन्तरले हराएपछि छनोट चरण झनै प्रतिस्पर्धी र रोमाञ्चक बनेको हो ।

आजको जितसँगै १५ खेलमा २० अंक जोडेको पेरू चौथो स्थानमा उक्लिएको छ । पेरूले हिजोमात्र पाराग्वेविरुद्ध जित निकाल्दै चौथो स्थानमा उक्लिएको दुईपटकको विश्वविजेता उरुग्वेलाई पछि पारेको छ । पेरूको जितले चौथो स्थनमा उक्लिँदै छनोटको आशामा रहेको उरुग्वेलाई धक्का लागेको छ । उरुग्वे पाचौं स्थानमा झरेको छ ।

उरुग्वेसँग लुइस सुवारेज, एडिन्सन काभानीजस्ता खेलाडी भए पनि सोअनुसार टोलीले प्रदर्शन गरिहेको छैन ।

१५ खेल खेलको उरुग्वेको १९ अंक छ । यो चौथो स्थानमा उक्लिएको पेरूको भन्दा एक कम हो ।

दक्षिण अमेरिकी क्षेत्रमा रहेका १० टोलीमध्ये शीर्ष चार टोलीले सिधै विश्वकपमा स्थान बनाउने प्रावधान छ । पाचौँ स्थानमा रहनेले अन्तर महादेशीय प्ले अफ खेल्नुपर्नेछ ।

तीन खेल खेल्न बाँकी रहँदा उरुग्वे प्ले अफको स्थानमा छ भने कोलम्बिया, चिली, बोलभिया र पाराग्वे छनोट रेखाभन्दा तल छन् ।

कोलम्बिया छैटौं, चिली सातौं, बोलिभिया आठौं र पाराग्वे नवौं स्थानमा छन् ।

१० औँ अर्थात अन्तिम स्थानमा रहेको भेनेजुएला भने सिधै विश्वकप छनोट हुने प्रकृयाबाट बाहिरिइसकेको छ । तर, पाँचौ स्थानमा रहँदै प्ले अफबाट छनोट हुने सम्भावना भने टरेको छैन ।

छनोटको तेस्रो स्थानमा इक्वेडर छ । इक्वेडरले १५ खेलबाट २० अंक बनाएको छ । यो चौथो स्थानको पेरूभन्दा चार अंक बढी हो । यसर्थ, इक्वेडर विश्वकपमा छनोट हुने सम्भावना प्रबल रहेको छ ।

यता, पहिलो र दोस्रो स्थानमा क्रमशः ब्राजिल र अर्जेन्टिना छन् । यी दुवै टोलीले विश्वकपमा स्थान बनाइसकेका छन् ।
यसर्थ, दक्षिण एसियाली क्षेत्रमा सिधै छनोट हुने दुईवटा र एउटा प्ले अफको स्थान मात्र बाँकी छ ।

दक्षिण अमेरिकी क्षेत्रमा रहेका १० टोलीमध्ये सबैले सबैलाई हराउने गरेका छन् । यसर्थ, यहाँको फुटबल अनुमान गर्न गाह्रो हुन्छ । एकै रातमा नतिजा परिवर्तन हुने गर्छ ।