कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण हुनेभन्दा निको हुने व्यक्तिको संख्या धेरै देखिएको छ ।
आज थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा पाँच हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हनुसार योसँगै नेपालमा निको हुने संक्रमितको संख्या आठ लाख ४८ हजार ३६० पुगेको छ ।
यसअघि शुक्रबार पाँच हजार ४३२ जना व्यक्ति संक्रमणमुक्त भएका थिए ।
साथै, आज ६ जना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया