कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण हुनेभन्दा निको हुने व्यक्तिको संख्या धेरै देखिएको छ ।
आज थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा पाँच हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हनुसार योसँगै नेपालमा निको हुने संक्रमितको संख्या आठ लाख ४८ हजार ३६० पुगेको छ ।
यसअघि शुक्रबार पाँच हजार ४३२ जना व्यक्ति संक्रमणमुक्त भएका थिए ।
साथै, आज ६ जना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ८७ हजार ३२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया