NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

घट्दो आवादिले चीन चिन्तित, तीन सन्तान जन्माउन दिइँदैछ यस्ता सुविधा

काठमाडौं । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो । तर, चीन नै आफ्नो देशभित्र घट्दो आवादिका कारण चिन्तामा देखिएको छ । जनसंख्या बढाउनका लागि चीन सरकारले अनेक उपायहरू अपनाइरहेको छ । यसका लागि गतवर्ष अगष्टमा चीनले आफ्नो देशबाट एक सन्तानको नीति हटाएको थियो ।

तर, यसको कुनै फाइदा भने देखिएन । अहिले चीनले भने तीन बच्चा जन्माउने जोडीलाई कैयौं सुविधा दिने फैसला गरेको छ । यस्ता सुविधा अन्तर्गत आमाबाबुलाई ‘बेबी बोनस’, तलबसहितको अवकाश, करमा छुट, बच्चाको पालनपोषणमा सुविधा र अन्य कैयौं लाभ दिइएको छ ।

यी सुविधाबारे इजरायलको सेन्टर अफ पोलिटिकल एण्ड फरेन अफयर्सका प्रमुख फेबियन बुसार्टले टाइम्स अफ इजरायलमा एक ब्लगमार्फत जानकारी गराएका छन् ।

चीन सरकारका अधिकारी पनि मानिसलाई तीन बच्चा जन्माउन जागरुग गर्नका लागि कोशिस गरिरहेका छन् । तीन बच्चा जन्माउनका लागि सरकारी अधिकारी र स्थानीय प्रशासनले पनि कैयौं सुविधा प्रदान गरेका छन् ।

बेइजिङ डबिनङ टेक्नोलोजी ग्रुपले आफ्ना कर्मचारीलाई ९० हजार युयानसम्म नगद, १२ महिनासम्म बिदा र ९ दिनसम्म प्याटर्नल लीभसहित कैयौं अफर दिइरहेको छ । यसबाहेक अनलाइन ट्राभल कम्पनी ट्रिप डटकमले पनि अतिरिक्त सुविधा दिने घोषणा गरेको छ ।

घट्दो आवादीका कारण सरकार तनावमा

सरकार र निजी कम्पनीले सत्तारुढ कम्युनिष्ट पार्टीको निर्देशन पालना गरिरहेका छन् । पार्टीले देशमा कमी भइरहेको युवा संख्या र आवादीका कारण देश विकासमा कैयौं असर पर्ने बताएको छ ।

राष्ट्रपति सी जिनफिङले पनि २०३५ सम्म देशमा उत्पादनको माग दुई गुणा गर्नुपर्ने आशंका गरेका छन् ।

गत अगस्टमा जनसंख्या एम. परिवार नियोजन कानून पारित गरेपछि चीनका २० भन्दा अधिक प्रान्तीय स्तरका क्षेत्रमा शिशु जन्माउने कानून संशोधन गरिएको छ ।

चीनको सरकारी समाचार संस्था शिन्हुवाले सोमबार प्रकाशित गरेको खबर अनुसार बेइजिङ शिचुवान र जियाङक्सीसहित अनय क्षेत्रमा कैयौं सुविधाहरू घोषणा गरिएका छन् । चीनको आवादी पछिल्लो केही वर्षयता निरन्तर घटिरहेको छ ।