NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

युक्रेन संकटका बीच बेलायतमा थपियो नयाँ चिन्ता, कुखुरा आपूर्ति बन्द हुने त्रास

काठमाडौं । युक्रेनमाथि रुसी आक्रमणको खतरालाई मध्यनजर गर्दै ब्रिटेनमा एक भिन्न खालको तनाव उत्पन्न भएको छ ।

युक्रेन र रुसमा तनाव बढ्दै गर्दा बेलायतमा भने कुखुराको अभाव देखिएको छ । किनकी बेलायतका लागि कुखुराको सबैभन्दा ठूलो निर्यातकर्ता युक्रेन नै हो ।

आगामी दिनमा कुखुरा आयात ठप्प हुनेसक्ने बेलायतको चिन्ता रहेको छ । डेलीस्टारको एक रिपोर्टअनुसार युक्रेनमा रुसी आक्रमणले बेलायतलाई पनि प्रभावित पार्न सक्छ ।

किनकी युक्रेन बेलायतको सबैभन्दा ठूलो कुखुरा आपूर्तिकर्ता हो । साथै बेलायतलाई युक्रेनले १४ प्रतिशतभन्दा धेरै अन्न पनि प्रदान गर्दछ ।

एक वरिष्ठ सरकारी सल्लाहकारले भनेका छन्, ‘ब्रिक्जिटपछि बेलायत र युक्रेनद्वारा हस्ताक्षरित राजनीतिक, मुक्त व्यापार र रणनीतिक साझेदारी त सम्झौता ऐतिहासिक थियो । यो यसकारण पनि खास हो कि कुनै आक्रमणले नयाँ र समृद्ध व्यापारमा असर गर्नेछ ।’

अधिकारीले रुसी राष्ट्रपति भ्लादीमिर पुटिनको सेनाद्वारा युक्रेनमाथि आक्रमण हुने चिन्ता जाहेर गरेका छन् । यसको सिधा प्रभाव खाद्यान्न र अन्य दैनिक अत्यावश्यक सामग्री आपूर्तिमा हुनेछ ।

कोरोना महामारीको प्रभावका कारण पहिलेदेखि नै आपूर्ति श्रृंखला कमजोर भइरहेको छ । अब युक्रेनमाथि रसियाले आक्रमण गरेको खण्डमा भने पूरै युरोपको आपूर्ति श्रृंखला नष्ट हुने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसद्वारा युक्रेनमाथि आक्रमण हुने सम्भावना भएको बताएका थिए ।