NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बारामा अज्ञात समूहद्वारा बसमा आगजनी

युनिक यादव/बारा । बारामा अज्ञात समूहले बसमा आगजनी गरेका छन् । जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ६ स्थित कुमारगढी गाउँमा अज्ञात समूहले यात्रुबाहक बस जलाएका छन् ।

उक्त गाउँमा पार्किङ गरि राखिएको ना. ७ ख. ३६३५ नम्बरको यात्रुबाहक बसमा शनिबार रातिको समयमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

तेज प्रताप चौधरीको पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको स्थानीयले जनाएका छन् ।

आगजनी कसले र किन गरेको अहिले खुल्न नआएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले नेपालवाच लाई बताए । आगजनी गर्ने व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

No description available.