शेखरले भने, ‘निर्वाचनका विषयमा गठबन्धनभित्र होइन, आयोगसँग छलफल गरी मिति तोक्नुपर्छ’

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कुनै पनि बाहनामा स्थानीय तहको निर्वाचन सार्न नहुने बताएका छन् ।
विराटनगरमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले संविधानले तोकेकै समयमा स्थानीइ तहको निर्वाचन हुनुपर्ने जोड दिए ।
साथै उनले निर्वाचनका विषयमा गठबन्धनभित्र छलफल गरेर नहुने भन्दै त्यसका लागि निर्वाचन आयोगसँग छलफल गर्नुपर्ने उल्लेख गरे ।
उनले भने, ‘सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुंगो लगाउनुपर्छ । ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न हुँदैन ।’
मतदान जनाको मौलिक हक भएकाले कुनै पनि बाहनामा सरकारले जनताको यो हक कार्यान्वयनमा बेवास्ता गर्न नहुने उनको भनाइ थियो ।
साथै उनले गठबन्धन दलभन्दा पनि निर्वाचन आयोगसँग छलफल गरी मिति तोक्दा राम्रो हुने तर्क गरे ।
डा. कोइरालाले भने, ‘निर्वाचनका विषयमा गठबन्धन दल भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्नुपर्छ ।’
साथै उनले कांग्रेस महाधिवेशमा पराजित भएका वरिष्ठ नेताहरूलाई पनि सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने मत राखेका छन् ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया