चुनावी चर्चाले नेप्सेमा १०५ अंकको उछाल, ६ अर्ब ३२ करोडको कारोबार
काठमाडौं । आगामी जेठभित्र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेसँगै साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ ।
आइतबार नेप्से १०५ अंकले बढेर २८८५.५३ बिन्दुमा पुगेको छ । आज नेप्से ३.८० प्रतिशतले बढेको हो ।
आज २३१ वटा कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज १३ सबै उपसमुहको सबै उपसमूह हरियाली छाएको छ । आज पाँच कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फ्रास्टक्चर बैंक, बृद्धभूमि हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस्तै, आज सबैभन्दा बढी विकास बैंक उपसमूहकाको सेयरमूल्य बढेको छ । जसको सेयरमूल्य ६.५६ प्रतिशतले बढेको हो ।
उपसमूहरु बैंकिङको २.६, ट्रेडिङको ४.९८, होटल एण्ड टुरिजमको ४.५८, हाइड्रोपावरको ५.६३, फाइनान्सको ६.३४, नीर्जीवन बीमा कम्पनीको ३.३६, म्यानुफ्याक्चरिङ एण्ड प्रशोधनको २.७२, अन्यको ३.८७, माइक्रोफाइनान्सको ३.२५, जीवन बीमा कम्पनीको ३.४, म्युचल फण्डको १.७५, इन्भेष्टमेन्टको ६.३६ प्रतिशतले सेयरमूल्य बढेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया