NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आज ३५४० संक्रमित थपिँदा ६३५९ जना कोरोनामुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ४० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधीमा १३ हजार १ सय ४५ जनमा कोरोना परीक्षण गरिएको थियो ।

त्यसमध्ये ९ हजार ९ सय १० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ जनामा एन्टिजेन गराउँदा ४ सय १९ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टमा ६ हजार ३ सय ५९ जना निको भएका छन् भने मन्त्रालयले ३२ जनाको मृत्यु भएको जनाएको छ । यो पछिल्लो २४ घण्टा र यसअघि छुटेकाको संख्या हो ।

अहिले देशभर ८३ हजार ९ सय ९९ जना सक्रिय संक्रमित छन् ।