NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

संक्रमितको तुलनामा दोब्बर बढी निको भए, ३२ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पछिल्लो केही दिनयता कोरोना संक्रमित निको हुने दर बढेको छ । आइतबार त संक्रमितको तुलनामा झण्डै दोब्बर बढी निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ५ सय ४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

देशभरमा १३ हजार १ सय ४५ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितको तुलनामा झण्डै दोब्बर बढी संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ३ सय ५९ जनाले कोरोना जितेका छन् ।

त्यसमध्ये ९ हजार ९ सय १० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ जनामा एन्टिजेन गराउँदा ४ सय १९ जनामा संक्रमण देखिएको हो ।

तर, संक्रमितको तुलनामा झण्डै दोब्बर बढी संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ३ सय ५९ जनाले कोरोना जितेका छन् ।

तर, मृत्युको संख्या भने तेस्रो लहर सुरु भएयताकै धेरै आइतबार पुगेको छ । आइतबार देशभरमा ३२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तर, यो संख्या भने यसअघि छुटेकाहरूको पनि हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९ सय ९९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।