रामेछापमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि
पुष्कर खड्का(रामेछाप) – रामेछाप जिल्लामा आज थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय १७ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार आइतबार जिल्लाका विभिन्न पालिकाका गरी २१७ जनामा कोरोना पुष्टि भएको हाे ।
२६ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए ।
उनका अनुसार अहिले मन्थली नगर ५२, रामेछाप नगरपालिकामा ४६, उमाकुण्ड गाउँपालिकामा १६, खाँडादेवी गाउँपालिकामा २३, गोकुलगङ्गा गाउँपालिकामा १७, लिखुतामाकोसी गाउँपालिकामा १९, दोरम्बा सैलुङ गाउँपालिकामा ५ र सुनापति गाउँपालिकामा १३ जना गरी १९४ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् ।
त्यस्तै जिल्ला अस्पतालमा १३, उमाकुण्ड गाउँपालिकामा २ र लिखुतामाकोसी गाउँपालिकामा ७ जना र सुनापति गाउँपालिकामा १ जना गरी २३ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
त्यस्तै, जिल्लामा थप २७ जना संक्रमण मुक्त भएका छन् । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ सय २६ जना पुगेको छ।
स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार जिल्लामा आइतबार मन्थली नगरपालिकाबाट ९, रामेछाप नगरपालिकाबाट ४, उमाकुण्ड गाउँपालिकाबाट ३, गोकुलगंगा गाउँपालिकाबाट ३, लिखुतामाकोसी गाउँपालिकाबाट ६ र सुनापति गाउँपालिकाबाट २ जना गरी २७ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया