NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

कांग्रेस एक्लै चुनाव लड्ने हो गठबन्धन गर्ने होइन : पाैडेल

काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् । सहिद दिवसका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा नेता पौडेलले स्थिति सुधारेको कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका हुन् ।

‘हामी निर्वाचनबाट भाग्ने होइन किनकी हामी निर्वाचनका लागि सबैभन्दा बढी तयार भएका दल हौं’ पौडेलले भने ‘केपी ओली नेतृत्वको दुई तिहाईको सरकारले काम गर्न सकेन । अब चुनाव जितेर जनताको काम गर्न कांग्रेस अग्रसर हुुनपर्छ । बलियो स्थिति भएको कांग्रेसले गठबन्धन गर्ने होइन एक्लै चुनाव लड्ने हो ।’

कांग्रेसले एकल रुपमा बहुमत ल्याएर सरकार चलाउने दाबी पनि उनले गरे ।

केपी ओली नेतृत्वको सरकारले गफ मात्रै गरेको भन्दै अब बन्ने कांग्रेस नेतृत्वको सरकार जनताको हितमा केन्द्रित हुनुपर्ने उनले बताए ।