कांग्रेस एक्लै चुनाव लड्ने हो गठबन्धन गर्ने होइन : पाैडेल
काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् । सहिद दिवसका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा नेता पौडेलले स्थिति सुधारेको कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने बताएका हुन् ।
‘हामी निर्वाचनबाट भाग्ने होइन किनकी हामी निर्वाचनका लागि सबैभन्दा बढी तयार भएका दल हौं’ पौडेलले भने ‘केपी ओली नेतृत्वको दुई तिहाईको सरकारले काम गर्न सकेन । अब चुनाव जितेर जनताको काम गर्न कांग्रेस अग्रसर हुुनपर्छ । बलियो स्थिति भएको कांग्रेसले गठबन्धन गर्ने होइन एक्लै चुनाव लड्ने हो ।’
कांग्रेसले एकल रुपमा बहुमत ल्याएर सरकार चलाउने दाबी पनि उनले गरे ।
केपी ओली नेतृत्वको सरकारले गफ मात्रै गरेको भन्दै अब बन्ने कांग्रेस नेतृत्वको सरकार जनताको हितमा केन्द्रित हुनुपर्ने उनले बताए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया