मोरक्कोलाई हराउँदै इजिप्ट सेमिफाइनलमा
काठमाडौं । इजिप्टले मोरक्कोलाई २–१ गोल अन्तरले हराएको छ ।
गएराति म्यामरूनमा भएको अफ्रिका कप अफ नेसन्सको खेलमा चिरपरिचित मोरक्कोलाई स्तब्ध पार्दै मोहम्मद सलाह नेतृत्वको इजिप्ट विजयी भएको हो ।
मोरक्कोले खेलको ६ मिनेटमै पाएको पेनाल्टी सदुपयोग गर्दै अग्रता बनाएको थियो । यो अग्रतालाई ५३ मिनेटमा तोड्दै इजिप्टका मोहम्मद सालहले बराबरी गोल फर्काए । त्यसपछि रोचक बनेको खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसको १०० मिनेटमा इजिप्टका लागि ट्रेजेगुइटले गोल गरेर नतिजा आफ्नो टिमको पोल्टामा पारे ।
योसँगै इजिप्ट सेमिफाइनलमा पुगेको छ ।
अफ्रिका कप अफ नेसन्सकै अर्को खेलमा सेनेगल विजयी भएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया