NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

विद्याबारिधि तहमा भर्ना खुल्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायले विद्यावारिधि तहमा भर्ना खोलेको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकायद्वारा सञ्चालित एमफिल तह पूरा गरी विद्यावारिधिमा अध्ययन गर्न चाहने उम्मेदवारका लागि आवेदन खुला गरिएको हो ।

आवदेन माघ १७ (आज) देखि फागुन १६ गतेसम्म दर्ता गर्नुपर्ने डिनको कार्यालायले जनाएको छ । दोब्बर दस्तुरमा भने फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । भर्नाबारे विस्तृत जानकारी संकायको वेबसाइट र डिन कार्यालयको सूचना पाटीमा हेर्न त्रिविले सुझाएको छ ।