NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

आदिवासी जनजाति महासंघको प्रवास समितिको संयोजकमा शेर्पा

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रवास (अन्तर्राष्ट्रिय) समितिको संयोजकको जिम्मेवारी पासाङ शेर्पालाई जिम्मेवारी दिएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील शेर्पा यूएईमा रोजगारीसँगै व्यवसायमा समेत संग्लन छन्।

महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी मनोनित गरिएको हो ।

प्रवास समितिको उपसंयोजकको जिम्मेवारी पोर्चुगलका हेम गुरुङ र सदस्यसचिवमा बेलायतकी विमला सेन लिम्बू चयन भएकी छिन्k ।

यसैगरी मिलन राई (बहराइन)लाइ सहसचिव र अरुण तामाङ (अष्ट्रेलिया) आर्थिक संयोजकमा चयन भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष