कुवेतको एक अपार्टमेन्टमा भएको आगलागीमा दुई नेपाली महिला गम्भीर घाइते
काठमाडौं । कुवेतमा नेपाली महिला कामदारहरू बसेको अपार्टमेन्टमा आगलागी भएको छ । फर्वानियास्थित ब्लक १ मा भएको आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् ।
आगलागी हुँदा आरती भनिने भिम कुमारी खत्री र बिमली भनिने बिमला दर्जी गम्भीर घाइते भएका हुन् । आगलागीबाट कोठामा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घटनामा ४ जनाले भागेर ज्यान जोगाउन सफल भएका छन् ।
शनिबार बिहान ७ बजे विद्युत सट भएर आगलागी भएको हो । आफ्ना महत्त्वपूर्ण सामान जोगाउन सकिन्छ कि भनेर पुनः फर्केर गएका ति दुई महिलालाई चारैतिर आगो र धुवाँले घेरेका कारण निस्किन नसकेपछि अन्तिम अवस्थामा अग्नि नियन्त्रकले उद्धार गरेका थिए ।
कुवेतस्थित नेपाली राजदूतावासका दित्तिय सचिव श्रीकृष्ण सिलवालले नेपालवाचसँग भने, ‘आगलागीका घाइतेको गम्भीर अवस्थामा आइसीयुमा उपचार भइरहेको छ । अरू जानकारी लिने र घाइतेहरूलाई उपचारलगायतका कानुनी प्रकृयामा सहयोग गर्ने काम दूतावासले गरिरहेको छ ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया