कुवेतको एक अपार्टमेन्टमा भएको आगलागीमा दुई नेपाली महिला गम्भीर घाइते
काठमाडौं । कुवेतमा नेपाली महिला कामदारहरू बसेको अपार्टमेन्टमा आगलागी भएको छ । फर्वानियास्थित ब्लक १ मा भएको आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् ।
आगलागी हुँदा आरती भनिने भिम कुमारी खत्री र बिमली भनिने बिमला दर्जी गम्भीर घाइते भएका हुन् । आगलागीबाट कोठामा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घटनामा ४ जनाले भागेर ज्यान जोगाउन सफल भएका छन् ।
शनिबार बिहान ७ बजे विद्युत सट भएर आगलागी भएको हो । आफ्ना महत्त्वपूर्ण सामान जोगाउन सकिन्छ कि भनेर पुनः फर्केर गएका ति दुई महिलालाई चारैतिर आगो र धुवाँले घेरेका कारण निस्किन नसकेपछि अन्तिम अवस्थामा अग्नि नियन्त्रकले उद्धार गरेका थिए ।
कुवेतस्थित नेपाली राजदूतावासका दित्तिय सचिव श्रीकृष्ण सिलवालले नेपालवाचसँग भने, ‘आगलागीका घाइतेको गम्भीर अवस्थामा आइसीयुमा उपचार भइरहेको छ । अरू जानकारी लिने र घाइतेहरूलाई उपचारलगायतका कानुनी प्रकृयामा सहयोग गर्ने काम दूतावासले गरिरहेको छ ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया