कञ्चनपुरमा भएको दुर्घटनामा एक जनाको मृत्यु
महेन्द्रनगर । कञ्चनपुरमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो ।
बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से७प ७१४६ नं को स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनकोे उपचारका क्रममा गए राति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए ।
यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० कलुवापुरमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजना घाइते भएका छन् ।
शुक्लाफाँटा नगरपालिकाका हरिदत्त जोशीले चलाएको सुप प्र ०२–०० प ४५५३ नं को मोटरसाइकल र विपरित दिशाबाट आएको सुप प्र ०२–००३ प ४५५९ नं को मोटरसाइकल आपसका ठोक्किएका हुन् ।
दुर्घटनामा भीमदत्त नगरपालिका–६ का २८ वर्षीय पवन डगौँरासमेत घाइते भएका छन् । उनको कैलालीको धनगढीस्थ्ति माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया