NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

संविधान बन्दै गर्दा बाबुरामले गोप्य रूपमा एमसिसी भित्र्याएका थिए : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले संविधान निर्माण भइरहेका बेला अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसिसी) भित्र्याउने तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई भएको बताएका छन् ।

प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदलाई एक पत्र लेख्दै एमसिसीलाई हुबहु पास गर्न नहुने बताएका छन् ।

एमसिसी पास गर्न गठबन्धनभित्र सहमति भएको समाचार आइरहेका बेला नेता रावलले एक वक्तव्य जारी गर्दै नेपालमा विवादित एमसिसी भित्र्याउने डा. बाबुराम भट्टराई भएको बताएका हुन् ।

उनले वक्तव्यमा भनेका छन्, ‘जुन दिन मैले थाहा पाएँ, मैले गहन अध्ययन गरेर बोलेको छु । हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुँगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रुपमा एमसीसी सम्झौता गर्नुभएको हो । अहिले त्यहीँ भएर छिटो पास गराउनुपर्छ भनेर कराउनुभएको छ । वास्तवमा एमसीसीको बारेमा प्रतिनिधिसभामा पेश भएपछिमात्रै मैले थाहा पाएको हुँ ।’

उनले वक्तव्यमार्फत नेपालले स्वतन्त्र परराष्ट्र नीति अपनाउनुपर्ने बताएका छन् । उक्त पत्रमा एमसिसी राष्ट्रघाती प्रावधान भएको उनले टिप्पणी गरेका छन् ।

विदेशीको दवावमा प्रधानमन्त्री वा दलका नेताले एमसिसी जस्तोको त्यस्तै पास गर्नु नेपालका लागि राष्ट्रघात सिद्ध हुने उनको भनाइ छ ।

तत्कालीन नेकपा सरकार हुँदा एमसिसी अध्ययन कार्यदलका सदस्यसमेत रहेका नेता रावलले संसदमा एसिसीबारे मतदान भए आफूले विपक्षमा मतदान गर्ने बताएका छन् ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति पनि एमसिसीका विषयमा रावलले असन्तुष्टि पोखेका छन् । संवेदनशील विषयमा गठबन्धनको धारणा नआउँदासम्म बोल्दिनँ भन्ने ओलीको अवसरवाद भएको टिप्पणी गरेका छन् ।

यस्तो छ उनको स्तुतिपत्रको पूर्णपाठ