कोरोना अपडेट : पाँच हजार संक्रमित थपिँदा, ८ हजार निको भए
काठमाडौं । नेपालमा सोमबार पनि संक्रमितको तुलनामा निको हुनेको संख्या बढी रहेको छ । सोमबार संक्रमितको तुलनामा तीन हजार बढी निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ हजार ८८ जनाको परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना पुष्टि भएको छ ।
पिसिआर परीक्षणबाट ३ हजार ४ सय ७२ जना र एन्टीजेन परीक्षणबाट एक हजार ८ सय २० जना संक्रमित भएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा देशभरमा ८ हजार १९१ जना कोरोना संक्रमणबाट निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साथै यस अवधिमा कोरोनाबाट ८ जनाले ज्यान गुमाएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार ७४३ पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या पनि केही कम भएको छ । सोमबार ७९ हजार २७२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया