रामेछापमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
पुष्कर खड्का (रामेछाप) – रामेछाप जिल्लामा आज सोमबार थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ४९ जना पुगेको छ ।
स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारीअनुसार सोमबार जिल्लाका विभिन्न पालिकाका गरी २१७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारी अनुसार सोमबार जिल्लामा ४७ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना र २० जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मन्थली नगरपालिकामा ५७, रामेछाप नगरपालिकामा ५५, उमाकुण्ड गाउँपालिकामा २१, खाँडादेवी गाउँपालिकामा २७, गोकुलगङ्गा गाउँपालिकामा १७, लिखुतामाकोसी गाउँपालिकामा २५, दोरम्बा सैलुङ गाउँपालिकामा ५ र सुनापति गाउँपालिकामा १९ जना गरी २२६ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् ।
त्यसैगरी जिल्ला अस्पतालमा १३, उमाकुण्ड गाउँपालिकामा २ र लिखुतामाकोसी गाउँपालिकामा ७ जना र सुनापति गाउँपालिकामा १ जना गरी २३ जना सक्रिय संक्रमित संस्थागत आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा हालसम्म एक लाख २ हजार ९५१ जनाले पहिलो मात्राको कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाएका छन् भने ७९ हजार ७७ जनाले दोस्रोमात्राको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाले जनाए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया