बाग्मती प्रदेश अर्थ समितिको सभापतिमा सिलवाल र शिक्षामा पोखरेल निर्विरोध
मकवानपुर । बाग्मती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेशसभा सचिवालयका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार दुवै समितिको सभापति पदको लागि आइतबार भएको मनोनयनमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरूलाई स्वतः सभापति घोषणा गरिएको हो ।
दुवै समितिको आज निर्वाचन कार्यक्रम तय भएको थियो ।
उम्मेदवार दुवै समितिमा उम्मेदवार एक जना मात्रै भए पनि मतदान गर्न नपर्ने भएको हो । सिलवाल र पोखरेल दुवै जना नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बनेका थिए ।
उनीहरू दुवैजना काठमाडौँ निवासी हुन् । दुवै समितिमा सत्ता गठबन्धन र अन्य दलको तर्फबाट भने उम्मेदवारी परेको थिएन । अर्थ तथा विकास समितिमा २० जना सदस्य र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना सदस्य रहेका रहेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया