इन्स्टामा स्टाटस पोस्ट गरेको आधा घण्टापछि ६० औं तलाबाट हाम फालेर मोडलले गरिन् आत्महत्या !
काठमाडौं । मानिसले कतिबेला कुन निर्णय लिन्छन् कोही भन्न सक्दैन । एकैछिनअघि शान्त देखिने मान्छेले केही बेरमै भयानक निर्णय पनि लिनसक्छन् । अमेरिकामा एक मोडलले यस्तै गरेकी छिन् ।
अमेरिकाको म्यानहट्टनमा मिस यूएसएसमेत रहेकी चेल्सी क्रिस्टले सबैलाई शुभदिनको कामना गर्दै इन्स्टामा स्टाटस पोस्ट गरेको आधा घण्टामै आत्महत्या गरेकी छिन् । उनले सोमबार एक घरको ६० औं तलाबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।
अहिले ३० वर्षकी रहेकी मोडल चेल्सीले सोमबार बिहान साढे सात बजे आत्महत्या गरेकी हुन् । डेलीमेलमा प्रकाशित एक खबर अनुसार मिस यूएसए रहिसकेकी चेल्सी एक्सट्रा नामको एक इन्टरटेनमेन्ट शोकी संवाददातासमेत थिइन् ।
उनले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन । हाम फाल्नुअघि उनले इन्स्टाग्राममा एक पोस्टमा लेखेकी थिइन्, ‘यो दिनले तपाईं सबैको लागि आराम र शान्ति ल्याओस् ।’
म्यानहट्टन प्रहरी उनको आत्महत्या सम्बन्धमा छानबिन गरिरहेको छ । उनी सोहि घरको नवौं तलामा बस्ने गर्थिइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया