NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

पढेर बस्छन् चार्ल्स शोभराज, वकिलबाहेक कोही भेट्न जाँदैनन्

काठमाडौं । ‘म जेलमा मर्न चाहन्नँ’ भनेर अभिव्यक्ति दिइरहने कुख्यात अपराधी चार्ल्स शोभराजबारे बीचमा अर्को फैसला नभए २०८५ मा जेलमुक्त हुँदैछन् ।

अमेरिकी र क्यानडियन महिलाको हत्या गरेको अभियोगमा उनी २०६० असोज २ गते नेपालमा पक्राउ परेका हुन् । उनलाई विशेष प्रकारका मुद्दामा दोषी ठहरिएकाहरूलाई मात्र राखिने केन्द्रीय कारागार, सुन्धाराको ‘गोलघर’मा विशेष सुरक्षाबीच राखिएको छ ।

७८ वर्षीय शोभराज भारतीय पिता र भियतनामी आमाको कोखमा जन्मिएका हुन् । उनको आमाले फ्रान्सेलीसँग विवाह गरेपछि सौतेनी बुबाको संरक्षणमा हुर्किएका शोभराज युवा अवस्थामै विभिन्न देशमा पुगे । ती देशमा उनी आपराधिक क्रियाकलापमा संलग्न हुन पुगे र विभिन्न देशका नागरिकको हत्यामा संलग्न भए ।

जेलमा पनि उनलाई अरू बन्दीलाई भड्काएको आरोप लागिरहन्थ्यो । अहिले भने उनलाई कसैलाई भेट्न नदिइएको विशेष स्रोतले नेपालवाचलाई जानकारी दियो । अत्यन्तै क्रुर स्वभावका शोभराज हाल शालीन हुँदै गएको स्रोतको दाबी छ । स्रोतले भन्छ, ‘उनी अहिले माइल्ड क्यारेक्टरका भएका छन् ।’

पठन–लेखनमा व्यस्त

‘नेपालको एयरपोर्टबाट सुनको हात्ती छिराउन सक्छु’ भनेर नेपालको सुरक्षामै चुनौती दिएका शोभराजले पछिल्लो समय विवादित अभिव्यक्ति दिन छाडेका छन् ।

उनी अधिकांश समय किताब पढेर बिताउँछन् । कहिलेकाहीँ घाममा बसेर लेखिरहेको पनि देखिन्छ । बेलुका पनि अबेलासम्म नसुत्ने उनी बिहान छिट्टै उठ्छन् । टेलिभिजन उति हेर्दैनन् ।

स्रोतका अनुसार उनी पहिले–पहिले हरेक दिन दाह्री काटेर चिटिक्क पर्थे भने अहिले हप्ताको दुई पटकजतिमात्र दाह्री काट्छन् ।

दालभात मन पराउँछन्

शोभराजको खानामा सलाद र ब्रेड आइटम बढि पर्छ । तर, सामान्य दाल–भात पनि मन पराउँछन् । बीचमा स्वास्थ्य समस्या देखिए पछि चिल्लो र पिरो कम खान्छन् । हरेक दिन बिहान सिटअप–पुसअप लगायतका व्यायाम गर्छन् ।

वकिलले मात्रै भेट्छन् ?

सामान्यतः जेलमा रहेका बन्दीहरूलाई परिवारका सदस्य तथा वकिलबाहेक अन्यले भेट्न पाउँदैनन् । शोभराजको नेपाली युवती निहिता विश्वाससित प्रेम र बिहेको प्रसंग पनि चर्चामा थियो ।

उनी पहिलो पटक जेल भने सन् १९६३ मा चोरीको आरोपमा परेका थिए । उनले पहिलो हत्या सन् १९७५ मा अमेरिकाको सियाटलकी टेरेसा नोल्टनको गरे । जसलाई हत्यापछि टेरेसालाई जलाएका थिए ।

जेलमा कैद भुक्तान गरिरहेकै बेला शोभराजसँग विवाह गरेकी निहिता पटक–पटक कारागार पुग्थिन् । पुग्दा उनको हातमा फलफूलले भरिएका झोलाहरू हुन्थे । शोभराजसँग बिहे गरेकै कारण उनी सेलिब्रिटीसमेत बनेकी थिइन् ।

त्यसै मेसोमा उनी बलिउड स्टार सलमान खानले सञ्चालन गर्ने बिग बोसमा पहिलो नेपाली सहभागीसमेत बनिन् । तर उनले कुनै प्रभाव पार्न भने सकिनन् । स्रोतका अनुसार केही वर्षयता निहिता शोभराजलाई भेट्न गएकी छैनन् । निहिता र शोभराजको सम्बन्ध सकियो भन्ने अनुमान धेरैले गरेका छन् ।

शोभराज वकिल फेरिरहन्छन् । उनको अहिले नै तीन–चार जना वकिल छन् । अहिले समय–समयमा शोभराजलाई भेट्न आउने ती वकिलहरू मात्र हुन् ।

विदेशका नागरिकहरूको हकमा भने सम्बन्धित देशका कुटनीतिक नियोग(दूतावास)का कर्मचारीहरूले भेट्न पाउने भए पनि शोभराजलाई भेट्न कोही पनि नआएको स्रोत बताउँछ ।

शोभराजले आफन्त तथा परिवारका सदस्यलाई एक हप्तामा बढीमा दुई पटक टेलिफोन सम्पर्क गर्न पाउँछन् । उनीे प्रत्येक हप्ता अधिकांश समय फ्रान्स, अमेरिका र बेलायतमा रहेको भनिएका आफन्तजन तथा परिवार र साथीहरूसँग टेलिफोनमा कुराकानी गर्ने गर्दछन् ।

शोभराजसँग जोडिएको घटना

शोभराजसँग धेरै आपराधिक हत्याका घटनाहरू जोडिएका छन् । उनले धेरै युवतीसँग सम्बन्ध बनाएर तिनकै हत्या गर्ने क्रुर चरित्र देखाएका थिए ।

उनी पहिलो पटक जेल भने सन् १९६३ मा चोरीको आरोपमा परेका थिए । उनले पहिलो हत्या सन् १९७५ मा अमेरिकाको सियाटलकी टेरेसा नोल्टनको गरे । जसलाई हत्यापछि टेरेसालाई जलाएका थिए ।

शोभराज र उनका सहयोगीले डच विद्यार्थीहरू हेनरिकस बिटन्जा र उनकी प्रेमिका कुकी हेमकरलाई थाइल्यान्डमा हत्या गरेर उनीहरूकै पासपोर्ट लिएर नेपाल पसेका थिए ।

त्यसपछि क्यानडियन र अमेरिकी दुई महिलाको हत्या गरेर शोभराज र उनका सहयोगी भागेका थिए । भारतलगायत अन्य थुप्रै देशमा उनी हत्यामा संलग्न भएको पाइएको थियो । भारतमा उनलाई पक्राउ गरेर १२ वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् १९९७ को फेब्रुअरी १७ मा ५२ वर्षको उमेरमा उनी भारतीय जेलबाट रिहा भएका थिए । भारतले फ्रान्समा जान दिएपछि केही समय उनी ओझेल परे ।

सन् २००३ सेप्टेम्बरमा नेपाल आएको बेला पक्राउ परेका उनलाई २०६१ साउन २८ गते हत्या आरोपी ठहर गरी सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

गाेलघर

( गाेलघरको सम्पुर्ण शृंखला पढ्न यहाँ क्लिक गर्नुहोस् )