के-के गर्याे सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ?
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले उत्पादन गरेको दूधको मूल्य बढाउनेसहितको निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यस अघि ४९.५२ रुपैयाँ रहेको दूधको मूल्य ५६.०४ रुपैयाँ कायम गरेको हो ।
सरकारले दूध प्रतिलिटरमा १३.७ प्रतिशत बढाएको हो ।
यो समर्थन मूल्यमा दुग्ध विकास संस्थानले प्रशोधित दूधको मूल्य निर्धारण गर्ने गर्छ ।
दूधको फ्याट र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ)को आधारमा जति बढी हुन्छ किसानले यसकै आधारमा दूधको मूल्य पाउने गर्छन् । फ्याट बढी आउनेले बढी मूल्य र कम आउनेले कम मूल्य पाउने गर्छन् ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले चितवनमा शिक्षक अस्पताल बनाउने निर्णय पनि गरेको छ । चितवनको भरतपुर महानगरपालिका १५ वडामा शिक्षक अस्पताल बनाउने निर्णय सरकारले गरेको हो ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भगवानपुरमा अस्पताल निर्माणको गर्न सैद्धान्तिक सहमति दिएको हो ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया