अभिभावकले मापदण्ड नमान्दा बालबालिका धमाधम संक्रमित
काठमाडौं । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालनामा अभिभावकले उदासीनता देखाउँदा धमाधम बालबालिका संक्रमित हुन थालेका छन् ।
बालबालिकाको संक्रमित दर बढ्दा कान्ति बाल अस्पतालको कोभिड बिरामीका लागि छुट्याइएका २६ बेड नै भरिएका छन् । चार वटा भेन्टिलेटर पनि प्याक छन् । कोभिड बिरामी नवरात शिशुदेखि १३ वर्षसम्मका उपचाररत छन् । सबैजसो बिरामीका आफन्त वा अभिभावकबाटै संक्रमण सरेको चिकित्सकहरूको अनुमान छ ।
अस्पतालका निर्देशक डा. अजित रायमाझी खोप लगाएका धेरैजसो अभिभावकले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्रयाइँ गर्दा समस्या देखिएको बताउँछन् । खोप लगाएका व्यक्ति संक्रमित भए पनि लक्षण नदेखाउने भएकाले सचेत हुनुपर्ने उनको सुझाव छ ।
अभिभावककै कमजोरीका कारण कतिपय अभिभावक अस्पताल आउनु परेको उनले बताए ।
स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा संक्रमितको संख्या घट्दै गएको देखिन्छ । तर समुदायमा भएको संक्रमणको हिसाब मनत्रालयसँग छैन । सबैभन्दा बढी जोखिममा खोप नलगाएका छन् । कान्तिपुरका अनुसार, सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई खोप दिने भने पनि अहिलेसम्म थालेको छैन । यो उमेर समूहका करिब ४० लाख बालबालिका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया