लगातार ओरालो लागेको सुनको मूल्य आज बढ्यो, चाँदीको स्थिर
काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको हो ।
सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ स्थिर रहेको छ । सोमबार तोलामो १ हजार २४० रुपैयाँ कायम भएकामा आज पनि सोही मूल्यमा कारोबार भईरहको हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया