कोरोना अपडेट : १७ हजार परीक्षणमा ५५ सय संक्रमित थपिए, ९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ५ हजार ५ सय ८३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ७४ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
१० हजार ७७६ जनाको पिसिआर परीक्षण गरिएको थियो भने ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो केहीदिनयता कोरोना संक्रमितको निको हुने दर पनि बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार २ सय ६७ जना निको भएका छन् ।
यस्तै, सोही अवधिमा ९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या भने ७४ हजार ६ सय ५३ रहेको छ । यो संख्या सोमबारको तुलनामा करिब पाँच हजारले कम हो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया