शिक्षा मन्त्रालयकाे गैरजिम्मेवारीले बाराको प्रसौनी बहुप्राविधिक शिक्षालय अलपत्र
युनिक यादव (बारा) । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ मा निर्माण हुने भनिएको प्रसौनी बहुप्राविधिक शिक्षालय अलपत्र परेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को बैठकले ०७६ साल असोज १० गते यसलाई आङ्गिक शिक्षालयको रूपमा निर्णय गरेको थियो ।
स्थानीय तह, बारा जिल्ला लिज सिफारिस समिति, भूमि व्यवस्थापन तथा अभिलेख बिभाग बबरमहलबाट सिफारिस भएर भूमिसुधार मन्त्रालयमा यसको फाइल गइसकेको भए पनि शिक्षा मन्त्रालयको गैरजिम्मेवारीका कारण सो अलपत्र परेको प्रसौनी गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ताले बताए ।
‘मन्त्रिपरिषद्बाट निर्णय गराउनका लागि शिक्षा मन्त्रालयको सहमतिपत्र आवश्यक हुन्छ । तर, मन्त्रालयले सिफारिस गरेको छैन । सोही सिफारिस मन्त्रिपरिषद्को निर्णयार्थका लागि क्याबिनेटमा फाइल गएको छैन’, उनले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय भएको भए डिपिआर लगायतका अन्य सबै काम सुचारू हुने थिए ।’
देशकै मुख्य प्रवेशद्वार तथा औधोगिक नगरी को नजिकमा निर्माण हुन लागेको बहुप्राविधिक शिक्षालय हाल आएर शिक्षा मन्त्रालयको ढिलासुस्तीले रोकिनु दुर्भाग्यपूर्ण भएका अध्यक्ष गुप्ताले बताए ।
१२ वटा कक्षासहितको भवनमा हाल इलेक्ट्रीकल इन्जिनियरिङ कक्षा मात्र सञ्चालन भइरहेको छ । सिटिइभिटीले शिक्षालयमा डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरिङ, डिप्लोमा इन म्याकेनिकल इन्जिनियरिङ, डिप्लोमा इन अटो मेकानिकल इन्जिनियरिङ र इलेक्ट्रीकल एन्ड एलेक्ट्रोनिक्स इन्जिनियरिङका प्राविधिक कार्यक्रम स्वीकृति गरे पनि एउटा मात्र कार्यक्रम सञ्चालनमा छ ।
बहुप्राविधिक प्रमुख शुफी अन्सारीले शिक्षालयको आफ्नै भौतिक पूर्वाधार नभएकाले सबै कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण हुन जरुरी देखिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया