पेट्रोलको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाल आयल निगमले पुनः तेलको मूल्य बढाएको छ । निगमले मंगलबार सूचना जारी गर्दै पेट्रोलको मूल्यमा प्रति लिटर तीन रुपैयाँ बढाएको जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा रहेकाले मूल्य बढाइएको निगमल जनाएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो ।
योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पु¥याएको छ ।
त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पु¥याइएको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया