युट्युबरसहित म्यानपावरमा पुगेका पीडितमाथि कुटपिट (भिडियाे)
काठमाडौं । सामुखुसीमा रहेको एक म्यानपावर कम्पनीमा पीडितसहित पुगेका युट्युबरमाथि कुटपिट भएको छ । मंगलबार दिउँसो टोखा नगरपालिका–१४ मा रहेको ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा उक्त कम्पनीबाट पीडित भएकासहित युट्युबर पुगेका थिए ।
कुटपिटमा तीन जना घाइते भएका छन् । उक्त कुटपिटको दृश्य पनि अहिले भाइरल बनिरहेको छ । कुटपिटमा घाइते भएकाहरूको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार घाइतेको अवस्था अहिले सामान्य रहेको छ ।
क्यामेरासहित म्यानपावरमा पुगेका पीडित र युट्युबरमाथि कुटपिट भएको गिरीले बताए । बाहिरिएको भिडियोमा एकजनामाथि कुटपिट गरी टाउको फुटाइएको छ । लखेटेर पनि कुटपिट गरिएको भिडियोमा देख्न सकिन्छ । प्रहरीले भने घटनाको छानबिन गरिरहेको बताएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया