युट्युबरसहित म्यानपावरमा पुगेका पीडितमाथि कुटपिट (भिडियाे)
काठमाडौं । सामुखुसीमा रहेको एक म्यानपावर कम्पनीमा पीडितसहित पुगेका युट्युबरमाथि कुटपिट भएको छ । मंगलबार दिउँसो टोखा नगरपालिका–१४ मा रहेको ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा उक्त कम्पनीबाट पीडित भएकासहित युट्युबर पुगेका थिए ।
कुटपिटमा तीन जना घाइते भएका छन् । उक्त कुटपिटको दृश्य पनि अहिले भाइरल बनिरहेको छ । कुटपिटमा घाइते भएकाहरूको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार घाइतेको अवस्था अहिले सामान्य रहेको छ ।
क्यामेरासहित म्यानपावरमा पुगेका पीडित र युट्युबरमाथि कुटपिट भएको गिरीले बताए । बाहिरिएको भिडियोमा एकजनामाथि कुटपिट गरी टाउको फुटाइएको छ । लखेटेर पनि कुटपिट गरिएको भिडियोमा देख्न सकिन्छ । प्रहरीले भने घटनाको छानबिन गरिरहेको बताएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया