NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

श्रममन्त्रीको तलब–भत्ता क्याम्पसलाई

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलब–भत्ताबापतको रकम क्याम्पसलाई सहयोग गरेका छन् ।

तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोटकालिका बहुमुखी क्याम्पसलाई मन्त्री श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्ता नलिने घोषणा गरेका मन्त्रीले विभिन्न सामाजिक संस्थाहरूलाई तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन् ।

उक्त रकम नेकपा (एकीकृत समाजवादी) का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरियो ।

ताजा अपडेट

नेपालवाच विशेष