श्रममन्त्रीको तलब–भत्ता क्याम्पसलाई
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलब–भत्ताबापतको रकम क्याम्पसलाई सहयोग गरेका छन् ।
तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोटकालिका बहुमुखी क्याम्पसलाई मन्त्री श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्ता नलिने घोषणा गरेका मन्त्रीले विभिन्न सामाजिक संस्थाहरूलाई तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन् ।
उक्त रकम नेकपा (एकीकृत समाजवादी) का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया