डिजिटल मुद्रालाई मान्यता दिँदै भारत
काठमाडौं । भारतको केन्द्रीय बैंकले अप्रिल महिनाबाट सुरु हुने आगामी आर्थिक वर्ष २०२२/२३ मा आफ्नै डिजिटल करेन्सी कारोबारमा ल्याउने भएको छ ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार युनियन बजेटमार्फत उक्त घोषणा गरेकी हुन् । सीतारमणले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी (सिबिडिसी)’ ब्लकचेन प्रविधिमा आधारित हुने पनि जानकारी गराएकी छन् ।
ब्लकचेन र अन्य प्रविधिहरूको प्रयोग गरी जारी गरिने डिजिटल रूपैयाँले अर्थतन्त्रलाई पनि ठूलो टेवा पुर्याउने अर्थमन्त्री सीतारमणले बताएकी छन् । पछिल्लो समय विश्वभर भर्चुअल करेन्सीमा आकर्षण बढ्दै गएको छ । विश्वका करिब ८० प्रतिशत केन्द्रीय बैंकहरूले आफ्नै डिजिटल मुद्रा सञ्चालनमा ल्याउन अध्ययन गरिरहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया