सोनाम ल्होसारको अवसरमा शुभकामना आदानप्रदान
विष्णु निश्चल/सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी–४ का युवाहरुको सक्रियातामा आज सोनाम ल्होसार मनाइएको छ ।
विभिन्न पेशा व्यवसायमा आवद्ध युवा, बुद्धिजिवीको सहभागितामा काठमाडौंको मित्रपार्कमा सोनाम ल्होसारको अवसमार शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
पूर्वमन्त्री शेरबहादुर तामाङले उक्त अवसमार शुभकामना दिएका छन् । यस्तै, सिन्धुपाल्चोक तामाङ बौद्ध समाजका महासचिव बुद्ध तामाङले आगामी दिनमा आफ्नो मौलिकता र पहिचान जोगाउन युवाको सक्रियता आवश्यक भएको बताए ।
साथै उनले तामाङ भाषा र पहिरनका विषयमा बालबालिकादेखि युवामाझ सिकाउनुपर्ने बताए । कार्यक्रममा युवा व्यवसायी सुमन तामाङले यमुनाडाडा तामाङ युवा समाज गठनको प्रस्ताव राखेका छन् । सिन्धुपाल्चोक तामाङ बौद् समाजका अध्यक्ष आकाश लामाले आगामी दिनमा आफ्नो संस्कार जोगाउनका लागि सबै जातजातिले चाडपर्व मिलेर मनाउनुपर्ने उल्लेख गरे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया