सोनाम ल्होसारको अवसरमा शुभकामना आदानप्रदान
विष्णु निश्चल/सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी–४ का युवाहरुको सक्रियातामा आज सोनाम ल्होसार मनाइएको छ ।
विभिन्न पेशा व्यवसायमा आवद्ध युवा, बुद्धिजिवीको सहभागितामा काठमाडौंको मित्रपार्कमा सोनाम ल्होसारको अवसमार शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।
पूर्वमन्त्री शेरबहादुर तामाङले उक्त अवसमार शुभकामना दिएका छन् । यस्तै, सिन्धुपाल्चोक तामाङ बौद्ध समाजका महासचिव बुद्ध तामाङले आगामी दिनमा आफ्नो मौलिकता र पहिचान जोगाउन युवाको सक्रियता आवश्यक भएको बताए ।
साथै उनले तामाङ भाषा र पहिरनका विषयमा बालबालिकादेखि युवामाझ सिकाउनुपर्ने बताए । कार्यक्रममा युवा व्यवसायी सुमन तामाङले यमुनाडाडा तामाङ युवा समाज गठनको प्रस्ताव राखेका छन् । सिन्धुपाल्चोक तामाङ बौद् समाजका अध्यक्ष आकाश लामाले आगामी दिनमा आफ्नो संस्कार जोगाउनका लागि सबै जातजातिले चाडपर्व मिलेर मनाउनुपर्ने उल्लेख गरे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया