सुरक्षा निकायलाई निर्वाचन सुरक्षा योजना ल्याउन सरकारको निर्देशन

काठमाडौं । सरकारले सुरक्षा निकायलाई निर्वाचनको सुरक्षा योजना ल्याउन निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि सुरक्षा योजना पेश गर्न निर्देशन दिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायलाई स्थानीय निर्वाचन सम्बन्धमा सुरक्षा योजना ल्याउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा भरपर्दो दिनका लागि आवश्यक सबै रणनीति अख्तियार गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए ।
बैठकमा म्यादी प्रहरी भर्ना गर्नेदेखि क(कस्ता रणनीति बनाउनु पर्ने सबै योजना बनाउन निर्देशन भएको हो ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया