सुरक्षा निकायलाई निर्वाचन सुरक्षा योजना ल्याउन सरकारको निर्देशन
काठमाडौं । सरकारले सुरक्षा निकायलाई निर्वाचनको सुरक्षा योजना ल्याउन निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि सुरक्षा योजना पेश गर्न निर्देशन दिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायलाई स्थानीय निर्वाचन सम्बन्धमा सुरक्षा योजना ल्याउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा भरपर्दो दिनका लागि आवश्यक सबै रणनीति अख्तियार गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए ।
बैठकमा म्यादी प्रहरी भर्ना गर्नेदेखि क(कस्ता रणनीति बनाउनु पर्ने सबै योजना बनाउन निर्देशन भएको हो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया