NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ मंसिर १७ गते

यसकारण आउनुपर्छ ‘विनोद चौधरीहरू’ राजनीतिमा

‘माया जिन्दगीको अभिन्न अंग हो …’

पंक्तिकारले तरुणवयदेखि नै रेडियो नेपालमा सुन्दै आएको यो गीत गाउने अरू कोही होइनन्, उनै अहिलेका चर्चित उद्यमी एवं राजनीतिक नेता विनोद चौधरी हुन् । शम्भुजित बाँस्कोटाको संगीतमा सजिएको यो गीत उस बेलाका युवा खुबै गुनगुनाउँथे ।

तरुण हुँदा उद्यमी चौधरीमा गीत–संगीतप्रति लगाव थियो । कलाप्रतिको यो लगाव चालीसको दशमा चलचित्रतर्फ पनि विस्तार भयो । उनकै लगानीमा कालजयी चलचित्र ‘वासुदेव’ निर्माण भयो । नेपाली चलचित्रको उच्च गुणस्तरको मापन हुँदा अहिले पनि हामी ‘वासुदेव’लाई सम्झिने गर्छौं ।

यो प्रसंग उल्लेख गर्नुको कारण के हो भने विनोद चौधरीमा तरुणवयदेखि नै अरूभन्दा भिन्न व्यक्तित्त्व निर्माणको हुटहुटी थियो ।

नभन्दै, हाल आएर फोर्ब्स म्यागेजिनमा विश्वकै धनीहरूको सूचीमा सूचीकृत नेपालकै एक मात्र खर्बपति बन्न सफल उनले राजनीतिमा पनि छलाङ लगाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

करिब डेढ सय वर्ष पुरानो औद्योगिक घरानाको इतिहासको स्वभाविक उत्तराधिकारी मात्र नभई, उनले गलादेखि कलासम्म, लेखनदेखि राजनीतिसम्म आफूलाई स्थापित गरेका छन् । श्री पण्डित रविशंकरका चेला चौधरीमा धर्मदेखि अध्यात्मसम्मको उत्तिकै समझ र अनुभव छ ।

पचासभन्दा बढी देशमा व्यापार विस्तार, १५० भन्दा बढी होटल (गतवर्षको रेकर्ड), उत्पादनका करिब ८० भन्दा बढी ब्राण्ड भएको चौधरी समूहका यी विश्वकै धनी मानिस राजनीतिमा आउनु भनेको राजनीतिकै सौन्दर्य हो 

आर्थिक, राजनीतिक सन्दर्भमा उनको चेत त पहिलोपटक समानुपातिक सभासद हुँदा संसदमा देखिएकै हो । अतः उद्यमी चौधरीले विगतमा अन्य क्षेत्रमा झै राजनीतिक यात्रामा पनि अब फड्को मार्नेमा दुई मत नहोला ।

राजनीति गर्ने पात्रमा अनुभवको खानी हुनुपर्छ । उसले देश छामेको हुनुपर्छ । काठमाडौंको रैथाने नेवार परिवेशमा जन्मिएर हुर्किएका उनलाई नेपालको सत्ता राजनीति मात्र होइन, भूगोल, अर्थनीति, संस्कृति, भाषालगायत अनेक विषयको ज्ञान छ ।

करिब डेढ सय वर्षअघि भारत राजस्थानबाट कलिलो उमेरमै आएका हजुरबुबा भुरामल चौधरी, पिता लुनकरण दास चौधरीको स्वाभाविक उद्योगिक र व्यावसायिक उत्तराधिकारी मात्र नभई उनले आफ्नै मिहनेत, महत्त्वाकांक्षा र बुद्धिले आफूलाई आजको उचाइमा पुर्‍याएका हुन् ।

पचासभन्दा बढी देशमा व्यापार विस्तार, १५० भन्दा बढी होटल (गतवर्षको रेकर्ड), उत्पादनका करिब ८० भन्दा बढी ब्राण्ड भएको चौधरी समूहका यी विश्वकै धनी मानिस राजनीतिमा आउनु भनेको राजनीतिकै सौन्दर्य हो ।

अतः यदाकदा औद्योगिक या व्यापारिक क्षेत्रबाट राजनीतिमा झुल्किने र पानीको फोकासरह बिलाइहाल्ने पात्रझै उनी होइनन् । उनका पछिल्ला अन्तर्वार्ता र विचार सुन्दा उनी आफ्नो हालसम्मको बहुआयामिक अनुभवलाई राजनीतिमा लगाउन चाहन्छन् र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहन्छन् । यो सकारात्मक र स्वागतयोग्य छ ।

०००

हाम्रो राजनीतिमा ००७ सालदेखि नै एउटा प्रवृत्ति देखापरेको छ । राजनीतिमा अधिकांश ती मान्छे लागे, जो कलेज पढ्दादेखि नै संलग्न थिए । तिनले राजनीतिबाहेक अरू केही जान्दै जानेनन् ।

अधिकांश निम्न र मध्यम वर्गका युवाहरु राजनीतिमा होमिए (सुवर्णशमसेर या हिमालयशमसेर आदिबाहेक), जो आर्थिक संकटमा थिए । झोला बोकेर राजनीति गर्ने तर अरू इलम केही नगर्ने । आर्थिक विकासका ठूला गफ त दिने, तर आर्थिक उत्पादनमा पटक्कै नलाग्ने ।

गरिबमाथिको शोषण देखेर गरिबहरू नै संघर्षमा त होमिए । मुलुकलाई गणतन्त्रमा डोहोर्याए । यसका लागि ती तमाम् पंक्तिलाई धन्यवाद दिनैपर्छ । तर, अबको वैश्य युगमा यो राजनीतिक चरित्र फेर्नुपर्छ 

कोरा भाषण गरेरै राजनीतिमा उदाएका अधिंकाश फित्तावाल चप्पल लगाएर हिँडने नेताहरु जब सत्तामा पुगे, उनीहरूमा भ्रष्टीकरण देखापर्‍यो । गरिबी हटाउने नारा दिएर सत्तामा पुगेकाहरूले पहिला आफ्नै गरिबी हटाए । आखिर हरेक मानिसले आफैंलाई केन्द्रमा राख्छ, जुन स्वभाविक थियो ।

यही कारण ०४६ को परिवर्तनपछि सत्ता राजनीतिको इर्दगिर्द पुगेका अधिकांश नेताहरूमा भ्रष्टीकरण देखियो । उनीहरु अनेक काण्डमा मुछिए । यसलाई अन्यथा पनि नलिउँ, किनकि नेपाली समाजको वर्ग चरित्र नै यस्तै रूपमा विकसित भयो ।

गरिबमाथिको शोषण देखेर गरिबहरू नै संघर्षमा त होमिए । मुलुकलाई गणतन्त्रमा डोहोर्याए । यसका लागि ती तमाम् पंक्तिलाई धन्यवाद दिनैपर्छ । तर, अबको वैश्य युगमा यो राजनीतिक चरित्र फेर्नुपर्छ ।

राजनीतिमा अभावबीच होमिएको एउटा वर्ग त नवधनाढ्यमा परिणत भइसकेको छ । उसलाई यो देशको आर्थिक समृद्धिको पनि खासै चिन्ता र चासो छैन, भाषणमा बाहेक । उनीहरू कलंकका सारथि भएका छन् ।

तर, फेरि पनि बहुसंख्यक गरिब त छन् देशमा । अभाव र अविकास पनि छ । अब गरिबहरु विद्रोहमा उत्रने, शक्ति सञ्चय गर्ने, अनि सत्तामा जाने र फेरि उनीहरू पनि बिग्रने सिलसिलाले निरन्तरता पाउनु हुँदैन । बरु, कसरी हुन्छ देशलाई नै समृद्धितिर लगेर जनताका आधारभूत गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या समाधान गर्नैपर्छ ।

उनका पछिल्ला अन्तर्वार्ता र विचार सुन्दा उनी आफ्नो हालसम्मको बहुआयामिक अनुभवलाई राजनीतिमा लगाउन चाहन्छन् र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहन्छन् । यो सकारात्मक र स्वागतयोग्य छ

यसका लागि अब राजनीतिमा त्यस्ता व्यक्तिहरुले हस्तक्षेप गर्नुपर्छ, जसमा आर्थिक भिजन छ, जो आफ्नो क्षेत्रमा सफल पनि छ र ऊसँग आर्थिक अभाव पनि छैन । परेमा ऊ स्वयंले विकास आयोजनाहरूमा निजीस्तरबाट लगानी गरेर रोजगारी पनि सिर्जना गर्नसक्छ ।

विनोद चौधरी यस्तै एक पात्र हुनसक्छन् । उनको राजनीतिक यात्रा पक्कै यस दिशातर्फ अग्रसर हुनेछ ।

०००

राजनीतिभन्दा बाहिरको व्यक्ति राजनीतिमा आउँदा जनपक्षीय काम गर्छ भन्ने उदाहरण त दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल नै हुन् । लगातार तेस्रो पटक मुख्यमन्त्री जितेर देखाइदिए । जनताको पक्षमा काम नगरेको भए दिल्लीजस्तो प्रतिष्पर्धात्मक ठाउँमा उनले तीन पटकसम्म कसरी जित्थे र ?

अरविन्द केजरिवाल पहिला भारतको राजस्व सेवा (आइआरएस) मा थिए । राष्ट्रसेवाको अनुभव उनले समाजसेवामा लगाउने निधो गरे । अनि आयकर विभागको संयुक्त आयुक्तको जागिर छाडेर उनी समाजसेवा हुँदै राजनीतिमा होमिए । सूचना अधिकार कानून बनाउन भारतमा उनले नै सामाजिक आन्दोलन चलाएका हुन् ।

सन् २०११ मा अन्ना हजारेको भ्रष्टाचारविरोधी जनलोकपाल विधेयक ल्याउने आन्दोलन थालेपछि केजरिवाल चर्चामा आएका थिए । अन्ततः उनी सन् २०१२ मा आम आदमी पार्टी गठन गरेर राजनीतिमा होमिए ।

एक वर्ष नहुँदै सन् २०१३ को दिल्ली विधानसभा चुनावमा कांग्रेसकी हस्ती शिला दीक्षितलाई हराएर केजरीवाल मुख्यमन्त्री बन्दा यो पंक्तिबार पनि दिल्लीमै थियो । आम आदमी पार्टीको दिल्ली, कौशाम्भीस्थित त्योबेलाको पार्टी कार्यालयमा पुग्दा भित्तामा लेखिएको थियो, ‘हामी फोहर राजनीति र आर्थिक भ्रष्टाचार बढार्न आएका हौं । त्यसैले राजनीतिलाई अनुचित फाइदाको विषय नबनाऊँ ।’

हाम्रो राजनीतिमा ००७ सालदेखि नै एउटा प्रवृत्ति देखापरेको छ । राजनीतिमा अधिकांश ती मान्छे लागे, जो कलेज पढ्दादेखि नै संलग्न थिए । तिनले राजनीतिबाहेक अरू केही जान्दै जानेनन् 

हुन पनि, उनको चुनाव चिह्न झाडु थियो । अन्नपूर्ण पोस्ट् दैनिकमा ‘केजरिवालबाट कमालको आशा’ शीर्षकमा समाचार पोस्ट् गरेर जब रामलिला मैदानमा उनको भाषण सुन्न गइयो, त्यसबेला पंक्तिकारलाई लागेको थियो, गैरराजनीतिक क्षेत्रबाट राजनीतिमा आउने यस्तै युवाहरूको नेपाललाई पनि खाँचो छ ।

नभन्दै केजरिवालले दिल्लीका निम्न र मध्यम वर्गलाई शिक्षा, स्वास्थ्य, पानी, बिजुली निःशुल्क गरिदिएका छन् । अहिलेसम्म कुनै पनि भ्रष्टाचारको आरोपमा उनी मुछिएका छैनन् ।

नेपालमा वैकल्पिक शक्ति भन्दै केजरिवाल हुने सपना देख्नेहरु मन्त्री हुन नपाउँदै अनेक काण्डमा मुछिन्छन् । किनकि, ती राजनीति गरेरै आएका हुन् । राजनीतिबाहेक अरू अनुभव भएन, राजनीतिको पुरानै फ्रेममा फसे । तर, केजरिवाल राष्ट्रसेवा र समाजसेवा गरेर आएकाले उनले राजनीतिको परम्परागत शैली तोडिदिए, जनतामा नयाँ आशा जगाइदिए ।

विनोद चौधरीबाट पनि हामीले केजरिवालकै जस्तो राजनीतिक शैलीको अपेक्षा राख्नुपर्छ ।

०००

हामी राजनीतिलाई हर–हमेसा ‘फोहरी खेल’ भन्ने गर्छौैं । युवा पुस्ता पनि राजनीतिका बारेमा चर्चा भयो कि ‘नो पोलिटिक्स’ भनेर तर्किन्छन् ।

कोरा भाषण गरेरै राजनीतिमा उदाएका अधिंकाश फित्तावाल चप्पल लगाएर हिँडने नेताहरु जब सत्तामा पुगे, उनीहरूमा भ्रष्टीकरण देखापर्‍यो । गरिबी हटाउने नारा दिएर सत्तामा पुगेकाहरूले पहिला आफ्नै गरिबी हटाए

राजनीतिमा आफूले सशक्त हस्तक्षेप नगर्ने, तर ‘नेताले देश बिगारे’ भनेर उल्टै सराप्ने प्रवृत्ति अपनाउनुको साटो अब समाजका हरेक क्षेत्रका अनुभवी, इमान्दार, मिहनेती र प्रभावशाली व्यक्तिहरू किन राजनीतिमा नआउने ?

विनोद चौधरी र उमेश श्रेष्ठजस्ता अनुभवी त आइसके, अब चलचित्र, कला, संगीत, चिकित्सा, कृषि, प्रशासन, सुरक्षा, न्याय, सञ्चार, जलस्रोत, पर्यटनलगायत क्षेत्रका यस्तै पात्रहरूले पनि राजनीतिमा हस्तक्षेप गर्नुपर्छ ।

यसको मतलब सबै ओइरिनुपर्छ भनेको होइन, हरेक क्षेत्रका ‘विनोद चौधरीहरू’ राजनीतिमा आउनुपर्छ र राजनीतिलाई अब पेशा हैन, सेवा र समृद्धिको दिशामा अगाडि बढाउनुपर्छ ।