NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

गलवान झडपमा ३८ चिनियाँ सैनिक नदीमा बगेर मारिएको दावी

काठमाडाैं । पूर्वी लद्दाखको गलवान घाटीमा गत जुन २०२० मा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंस्रक झडपमा ३० चिनियाँ सैनिकको मृत्यु भएको खुलाशा भएका छ । अस्ट्रेलियाको अखबार द क्लेक्सनमा प्रकाशित खोज रिपोर्टमा उक्त दावी गरिएको छ ।

यो संख्या चीनका तर्फबाट बताइएको भन्दा ९ गसणा बढी हो । उक्त रिपोर्ट डेढ वर्षको अनुसन्धानपछि तयार गरिएको हो । उक्त अखबारले पूरै घटनाको जाँचका लागि इन्डिपेन्डेन्ट सोसल मिडियो रिसर्च टिम नै तयार गरेको थियो ।

उक्त टिमले ‘गलवान डिकोडेड’ शीर्षकमा एक रिपोर्ट जारी गरेको छ । एन्थनी क्लानको अगुपाइमा तयार गरिएको स्पेशल रिपोर्टमा भनिएको छ, ‘चीनको पिपुल्स लिबरेशन आर्मीका कैयौं सिपाई त्यस राति गलवानको नदीमा बगेका थिए ।’

यस रिपोर्टले चार जनाको मात्र मृत्यु भएको चिनियाँ दावीलाई मिथ्या सावित गर्ने कोशिस गरेको छ । रिपोर्ट अनुसार चीनले उक्त झडपको तथ्यमा हेरफेर गर्नका लागि दुई फरक फरक घटनालाई एक आपसमा जोडेको थियो ।

चीनले कहिले पनि गलवानमा मारिएका सैनिकको संख्या बताएको थिएन् । तर, पछिल्लो वर्ष भएको झडपमा मारिएका चार सैनिकलाई भने मेडल दिने घोषणा गरेको थियो । अध्ययनमा भनिएको छ, ‘१५–१६ जुनको रात जिरो डिग्री तापमानमा बग्ने गलवान नदीमा पीएलएका कैयौं सैनिक डुबेर मरेका थिए ।’

मिडिया रिपोर्टमा चीनको सोसल मिडिया प्लेटफर्म बिबोका कैयौं यूजर्सले ब्लगमा दावी गरेका कुराहरुलाई आधार मानेर उक्त रात ३८ सैनिकको बगेर मृत्यु भएको दावी गरिएको छ ।

पछि चिनियाँ अधिकारीले सबै सोशल मिडिया पोस्ट हटाएका थिए । ३८ सैनिकमध्ये जुनियर सार्जेन्ट वाङ झुओरान पनि थिए । जसलाई गतवर्ष चीनले मेडल दिने घोषणा गरेको थियो ।

रिपोर्टमा अप्रिल २०२० को आसपासमा चिनियाँ सेनाले गलवान घाटीमा निर्माण कार्यलाई तिव्र बनाएको दावी गरिएको छ । तर, १५ जुनमा भएको लडाई एक अस्थायी पुलमा सुरु भएको थियो ।

भारतीय र चिनियाँ सैनिकबीच मे २०२० मा तिब्बतको पेङगोङ ताल नजिकमा झडप भएको थियो । चीनका सरकारी मिडिया यस झडप र त्यसपछि भएका घटनालाई कभर गर्न पूरै तरिकाले असफल भएका थिए ।

सबै तथ्य लाई लुकाउँदै उक्त झडपमा जम्मा चार जनाको मात्र मृत्यु भएको बताइयो ।

ताजा अपडेट

नेपालवाच विशेष