NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

सबैभन्दा धेरै आम्दानी गर्ने हलिउड अभिनेत्री, जसको आम्दानी बलिउड स्टारभन्दा धेरै

काठमाडौं । पछिल्लो दुई वर्ष कोरोना महामारीले हलिउडलाई नराम्रो तरिकाले प्रभावित गर्यो । तर, यसका बावजुद पनि हलिउडमा केही अभिनेत्री भने राम्रो कमाई गर्न सफल भइन् ।

हलिउडकी धेरै कमाई गर्ने अभिनेत्री बलिउड अभिनेताभन्दा पनि अघि छन् । २०२१ मा स्कार्लेट जोहानसन, एन्जेलिना जोली, गेल गेदोतसहति कैयौं अभिनेत्रीले राम्रो कमाई गरेका हुन् ।

स्कार्लेट जोहानसन

३६ वर्षीया स्कार्लेट जोहानसन २०१८ पछि सबैभन्दा धेरै आम्दानी गर्ने अभिनेत्रीको सूचीमा अग्रपंक्तिमा छिन् । उनी यति सफल हुनुको कारण अभिनयप्रति लगाव र हरेक वर्ष रिलिज हुने फिल्म हिट हुनु पनि हो ।

स्कार्लेटले ‘ब्ल्याक विडो’, ‘द एभेन्जर्स’, अन्डर द स्किन’ जस्ता कैयौं हिट फिल्ममा मूख्य भूमिकामा काम गरेकी छिन् । उनी कैयौं सामाजिक संस्थामा दान पनि गर्छिन् । एचआईभी एड्स पीडित मानिसको सहायताका लागि डोनेशन दिँदै आएकी छिन् ।

सोफिया वेनगारा

सबैभन्दा ट्यालेन्टेड अभिनेत्री, प्रोडयुसर्स र प्रिजेन्टर्समध्ये सोफिया वेरगारा पनि एक हुन् । उनी पनि धेरै आम्दानी गर्ने अभिनेत्रीमध्ये दोस्रो नम्बरमा छिन् । सोफिया ‘अमेरिका गट ट्यालेन्ट’ मा निर्णायक हुनुका साथै हलिउडमा सफल निर्माता पनि हुन् ।

साथै उनी एन्डोर्समेन्ट विज्ञापन, सुटिङ र कैयौं बिजनेश इन्भेस्टमेन्टका माध्यमबाट आम्दानी गर्छिन् । सोफिया एक कोलम्बियाली–अमेरिकी अभिनेत्री हुन् ।

रीज विदरस्पुन

गोल्डेन ग्लोब अवार्ड विजेता रीज विदरस्पुनले पछिल्लो एक वर्षमै चार अर्ब बढी आम्दानी गरिकी छिन् । उनी विश्वभरका महिला तथा अन्य मानिसहरुलाई प्रेरित गर्ने एक सफल उद्यमी पनि हुन् । उनी ९० को दशकमा सबैभन्दा चाहिएकी चर्चित अभिनेत्री हुन् ।

एन्जेलिना जोली

एन्जेलिना जोली विश्वभर चर्चित र रुचाइएकी अभिनेत्रीमध्ये एक हुन् । उनले आफ्नो अभिनयमार्फत आफूलाई सफल बनाएकी छिन् । पछिल्लोपटक रिलिज भएको फिल्म ‘द इटर्नल्स’मा उनी देखिएकी थिइन् ।

गेल गेदोत

१८ वर्षको उमेरमै ‘मिस इजरायल’ भएकी गेल गेदोत पछिल्लोसमय विश्वभर सबैभन्दा धेरै रुचाइएकी अभिनेत्री हुन् । उनलाई विश्वभरमा वन्डर वुमेनका रुपमा पनि चिनिन्छ ।

२०२० मा रिलिज भएको उनको फिल्म ‘वन्डर वुमेन–१९८४’लाई दर्शकले निकै रुचाएका थिए । उनले पछिल्लो एक वर्षको अविधिमा मात्र साढे तीन अर्ब बढी आम्दानी गरेकी छिन् ।

जुलिया रोबर्टस

जुलिया रोबर्टस अहिलेसम्म तीन पटक गोल्डेन ग्लोब अवार्ड विजेता हुन् । उनी सफल अभिनेत्रीमध्ये एक हुन् । जुलिया आफ्नो बहुमुखि प्रतिभाका कारण फिल्ममा कुनै पनि रोल निभाउन सक्षम छिन् ।

जेनिफर

जेनिफर २०१५ र २०१६ मा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीमध्ये एक थिइन् । ३० वर्षीया जेनिफर ‘हंगर गेम्स’ समेत अन्य कैयौं हिट सिरिज र फिल्मको हिस्सा बनेकी छिन् । उनले पछिल्लो एक वर्षको अवधिमा तीन अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेकी छिन् ।

जेनिफर एनिस्टन

५२ वर्षीया जेनिफर एनिस्टन ‘फ्रेन्ड्स’ की हिस्सा थिइन् । जो विश्वभर चर्चित सिरिजमध्ये एक हो । उनी अभिनयका साथै एन्डोर्समेन्टबाट पनि आम्दानी गर्छिन् ।

मेलीसा म्याक्कार्थी

मेलीसा म्याक्कार्थी एक चर्चित कमेडियन, प्रोड्युसर र अभिनेत्री हुन् । उनलाई दुई पटक गोल्डेन ग्लोब अवार्डका साथै अन्य कैयौंका लागि नोमिनेट गरिएको थियो । उनी सक्रिय रुपमा प्रोजेक्टमा काम गरिरहेकी छिन् । धेरै आम्दानी गर्ने अभिनेत्री मध्ये मेलीसा पनि एक हुन् ।

केली कुओ

३५ वर्षीया केली कुओ फिल्मको हरेक एक सिनका लागि ७ करोड रुपैयाँ पारिश्रमिक लिन्छिन् । उनले पछिल्लो वर्ष अभिनय र एन्डोर्समेन्टमार्फत सवा तीन अर्ब रुपैयाँ कमाएकी छिन् । उनी अमेरिकामा जन्मिएकी थिइन् ।