१४ अंकले घट्यो नेप्से, ८ अर्ब ६ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम दिन नेप्से १४.६० ले घटेर २८७६.७४ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २२४ कम्पनीका १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर १ लाख ८ हजार ३६५ वटा कारोबारबाट कुल ८ अर्ब ६१ करोड २१ लख ७४ हजार १६२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
आज कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये जलविद्युत र निर्जीवन बीमा बाहेक सबै ११ वटै घटेका छन् ।
फाइनान्स सबैभन्दा धेरै १.३३ प्रतिशतले घट्दा होटल, विकास बैंक, उत्पादन र जीवन बीमाको सूचक पनि १ प्रतिशत बढीले घटेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया