कोरोना अपडेट : तीन हजार संक्रमित थपिँदा साढे ८ हजार निको भए
काठमाडौं । बिहीबार देशभर तीन हजार १७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६०५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा देशभर रहेका ८ हजार ७ सय २३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार १४ जनाको मृत्यु भएको छ । यस्तै सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ९६ पुगेको छ ।
दुई साताअघिसम्म ९० हजारभन्दा बढी पुगेको सक्रिय संक्रमितको संख्या पछिल्लो एक सातायता निरन्तर घट्दो छ ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा २ लाख ६६ हजार ५ सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया