NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

कोरोना अपडेट : तीन हजार संक्रमित थपिँदा साढे ८ हजार निको भए

काठमाडौं । बिहीबार देशभर तीन हजार १७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६०५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा देशभर रहेका ८ हजार ७ सय २३ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहीबार १४ जनाको मृत्यु भएको छ । यस्तै सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ९६ पुगेको छ ।

दुई साताअघिसम्म ९० हजारभन्दा बढी पुगेको सक्रिय संक्रमितको संख्या पछिल्लो एक सातायता निरन्तर घट्दो छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा २ लाख ६६ हजार ५ सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।