ललितपुरमा गाडेको अवस्थामा प्रहरीले बरामद गर्यो शव

काठमाडौं । ललितपुरमा प्रहरीले गाडेको अवस्थामा एउटा शव बरामद गरेको छ ।
गोदावरी नगरपालिका–१२, धापाखेलस्थित प्रमिश थापा मगरको घरपछाडि खाल्डो खनेर गाडिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो । उक्त शव तेह्रथुमका मोहन लिम्बूको भएको खुलेको छ ।
स्थानीयले उक्त स्थानमा शव रहेको सूचना दिएको थियो । त्यसैको आधारमा पुगेको प्रहरीले खाल्डोमा पुरिएको अवस्थामा शव फेला पारेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रतिक्रिया