दुई लाख रूपैयाँ घुस लिने काठमाडौं महानगरका वडासदस्य अख्तियारको फन्दामा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १४ का वडासदस्यले सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वडासदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण–पत्र र मालतपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि दुई लाख रूपैयाँ घुस लिएको आरोप छ ।
सोही सूचनाको आधारमा अनुसन्धानमा खटिएको आयोगको टोलीले महर्जनलाई नियन्त्रणमा लिएको हो । उनले सेवाग्राहीको नाता प्रमाणित र जग्गाको मोही नामसारी सिफारिस गरिदिन्छु भन्दै दुई लाख रूपैयाँ घुस लिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको छ ।
महर्जनमाथि उक्त रकम बिगो मागदाबी गरी बिहिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हाे ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया