२५ सय संक्रमित थपिँदा साढे ८ हजार निको भए, १६ जनाको मृत्यु
काठमाडौं । परीक्षण दायरा घटाएसँगै कोरोना संक्रमितको संख्या पनि क्रमशः घट्दै गएको छ । शुक्रबार देशभर दुई हजार ५ सय २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०२ जना पिसिआर परीक्षबाट र ९ सय २४ जना एन्टीजेन परीक्षणबाट संक्रमित भएका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा जम्मा ११ हजार ७३ जनाको परीक्षण गरिएको थियो ।
यस्तै सोही अवधिमा निको हुनेको संख्या भने ८ हजार ४ सय २५ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा देशभर १६ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ लाख १३ हजार ५१ जनाले कोरोना भाइरसका संक्रमित रहेका छन् ।
देशभर हाल सक्रिय संक्रमितको संखया ५६ हजार ४ सय ५७ रहेको छ । एक सातायता सक्रिय संक्रमितको संख्या निरन्तर घट्दो क्रममा रहेको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया