NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

उत्तर प्रदेश चुनाव : योगीलाई उखु तितो !

काठमाडौं । भारतको अत्यधिक जनसंख्या भएको उत्तर प्रदेशमा यही फेब्रुअरी १० मा विधानसभा निर्वाचनका लागि पहिलो चरणको मतदान हुँदैछ ।

सात चरणमा हुने यो निर्वाचनका लागि शुक्रबार बहालवाला मुख्यमन्त्री योगी आदित्यनाथले पुनः भावी मुख्यमन्त्रीको प्रचार गर्दै गोरखपुर क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालसँग सीमा जोडिएको भारतको युपीमा हुन गइरहेको निर्वाचनलाई नेपालमा पनि चासोका साथ हेरिँदैछ । हिन्दू बहुल नेपालका लागि हित्दूत्त्वकै आडमा युपीको सत्तामा विराजमान योगी आदित्यनाथको चुनावी रुझान यस पटक कस्तो होला भन्ने जिज्ञासा हुनु स्वभाविकै हो ।

नेपालमा हिन्दूराष्ट्र फर्काउनुपर्छ भन्दै एकथरी तप्काले कोकोहोलो मच्चाइरहेका बेला हिन्दूवादी नेता आदित्यनाथको हार र जितले नेपालमा पनि प्रभाव पार्नसक्ने एकथरीको आकलन छ ।

चुनावी प्रक्रिया सुरु हुनु ठीक एक साता पहिलेदेखि नै संयुक्त किसान मोर्चाले ‘मिसन उत्तर प्रदेश’ अभियान थाल्दै भाजपा नेताहरूको निद्रा खोसेको छ 

यद्यपि, यसपालि भारतीय जनता पार्टीलाई युपीको चुनाव जित्नु फलामका चिउरा चपाएसरह हुने आकलन भारतीय मिडियाहरू गरिरहेका छन् ।

यतिबेला युपीमा एकातिर भाजपा र अर्कातिर समाजवादी पार्टी प्रमुख प्रतिष्पर्धी छन् । समाजवादी पार्टीबाट अखिलेश यादव र भाजपाबाट योगी आदित्यनाथ मुख्यमन्त्रीमा भिड्दैछन् । समाजवादी पार्टीले स्वामी प्रसाद मौर्यसहित भाजपाका केही केन्द्रीय मन्त्रीलाई समेत आफूतिर तानेर पिछडिएको वर्गको कित्ता तयार गरेको छ ।

उता, भाजपाले समाजवादी पार्टीकै संस्थापक मुलायम सिंह यादवकी बुहारी अर्पणा यादवलाई आफूतिर तानेर अर्को कित्तालाई सकसमा पारिदिएको छ । रस्साकस्सी जारी छ ।

युपीका चर्चित नेता जयन्त चौधरीले भाजपाको साटो समाजवादी पार्टीका अखिलेश यादवसँग मोर्चा कसेका छन् । यही नै भाजपाको टाउको दुःखाइ बनेको छ । पश्चििमी उत्तर प्रदेशमा अखिलेश–जयन्तको जोडीले भाजपाको किल्ला भत्काउने सम्भावना छ ।

यो त राजनीतिक समीकरणको पक्ष भयो । भाजपाका लागि युपीमा सबैभन्दा ठूलो समस्या किसान आन्दोलन हो ।

भाजपाका लागि युपीमा सबैभन्दा ठूलो समस्या किसान आन्दोलन हो । हालै किसानमारा कानुन फिर्ता लिइए पनि भाजपाको छवि अब किसानविरोधीका रूपमा कायम भएको छ

हालै किसानमारा कानुन फिर्ता लिइए पनि भाजपाको छवि अब किसानविरोधीका रूपमा कायम भएको छ । यही कारण किसानहरू यतिबेला भाजपाविरुद्ध चुनाव प्रचारमा जमेर जुटिरहेका छन् ।

युपी भनेको किसान बहुल प्रदेश हो । भारतमा सबैभन्दा बढी उखुको उत्पादन यही हुन्छ । तर यहाँका किसानमाथि उखुको मूल्य मात्र होइन, भुक्तानीमा समेत अन्याय हुँदै आएको छ ।

उखु किसानले यसकै विरुद्ध आन्दोलन थालेपछि उनीहरूमाथि तीव्र दमन भयो । कैयौं किसान मारिए । यही कारण यस पटकको चुनावमा योगी आदित्यनाथका लागि गुलिया गन्ना (उखु) तितो हुने विश्लेषण गरिएको छ ।

चुनावी प्रक्रिया सुरु हुनु ठीक एक साता पहिलेदेखि नै संयुक्त किसान मोर्चाले ‘मिसन उत्तर प्रदेश’ अभियान थाल्दै भाजपा नेताहरूको निद्रा खोसेको छ ।

किसान मारा कानुन फिर्ता लिइएकाले धर्ना त स्थगित भयो, तर आन्दोलन समाप्त नभएको किसानहरू बताइरहेका छन् ।

संयुक्त किसान मोर्चाका अनुसार ‘मिसन उत्तरप्रदेश’अन्तर्गत उनीहरूले प्रदेशका किसानहरूलाई भाजपालाई मत नदिन आग्रह गर्नेछन् ।

नभन्दै किसान नेताहरु प्रदेशका नौ जिल्ला मेरठ, मुरादावाद, लखनऊ, कानपुर, झाँसी, इलाहावाद, सिद्धार्थनगर, बनारस र गोरखपुरमा खटिइसकेका छन् र भाजपाविरुद्ध जनसभा र पत्रकार सम्मेलन गरिरहेका छन् ।

किसान मोर्चाले प्रदेशभरिका किसानहरूका नाममा एउटा पत्र पठाएको छ । जुन पत्रमा युपी सरकारले सन् २०१७ र २०२१ मा किसानसँग गरेका वाचा अझै पूरा नगरेको उल्लेख छ । ती हरेक वाचा पनि पत्रमा उल्लेख छ ।

आगामी एक सातासम्म किसान मोर्चाका जिल्ला कमिटीका प्रतिनिधिहरू विभिन्न ठाउँमा गएर यो पत्रलाई पर्चाका रूपमा बाँडनेछन् र भाजपालाई मत नदिन अपिल गर्नेछन् ।

किसानहरू फलानो पार्टीलाई भोट देऊ भन्ने छैनन्, बस् भाजपालाई भोट नदेऊ भन्नेछन् । यही नै भाजपाको टाउको दुःखाइ हो

किसानहरू फलानो पार्टीलाई भोट देऊ भन्ने छैनन्, बस् भाजपालाई भोट नदेऊ भन्नेछन् । यही नै भाजपाको टाउको दुःखाइ हो ।

किसानमाथि धोका

भाजपा सरकारले सन् २०१७ मा किसानहरूको ऋण माफीको वचन दिएको थियो । तर त्यो वचन पूरा भएन । सरकारले १४ दिनमै उखुको भुक्तानी र त्यसको ब्याजसमेत दिलाइदिने वाचा पनि पूरा गरेन । किसानलाई सस्तो र पर्याप्त बिजुली दिने बाचा पनि पूरा भएन ।

योगी आदित्यनाथले चुनावमा मात्र होइन, अरू बेला पनि किसानले उत्पादन गर्ने अन्नको एक–एक दाना सरकारले खरिद गर्ने भाषण गर्दै आएका थिए, तर सरकारले धानको एक तिहाइ अनि गहुँको छ भागको एक पनि खरिद गरेन ।

वाचा त पूरा गरेन नै, उल्टै किसानमाथि हत्या र दमनचक्र चलाइयो । सन् २०२१ अक्टुबर ३ मा लखिमपुर खिरीमा चार जना किसानको निर्मम हत्या भयो । यो हत्याको आरोप भाजपाकै केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र टोनीका छोरामाथि लागेको छ । सो सामूहिक हत्याबारे छानविन चलिरहेको छ ।

(एजेन्सीहरूको सहयोगमा)