आज सरस्वती पूजा, राष्ट्रपतिले वसन्त श्रवण गर्ने
काठमाडौं । आज माघ शुक्ल पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा–अर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । यो दिनलाई वसन्त ऋतुको आगमनको सङ्केतको रूपमा लिइन्छ ।
आजै हनुमानढोका दरबारस्थित नासलचोकमा बिहान १०ः२३ बजेको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले नाएको छ ।
श्री पञ्चमीलाई विद्या, बुद्धि, कला र सङ्गीत सुरुवातीको दिनका रूपमा लिइन्छ ।
आज सरस्वतीको जन्म जयन्ती भएको मानिन्छ । आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।
ज्ञानका स्रोत मानिने पुस्तकसहित सङ्गीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्नेसम्म पनि आजकै दिन शुभ रहने विश्वास गरिन्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया