NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

भारतीय गायिका मंगेशकरको निधन

काठमाडौं । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा आज निधन भएको हो ।

मंगेशकरलाई गत जनवरीमा कोरोना भाइरस संक्रमण भएर अस्पतालमा भर्ना गरिएको थियो । पछि उनमा निमोनिया पनि देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मंगेशकरले नेपाली गीतहरू पनि गाएकी छिन् । पछिल्लो समयमा रामकृष्ण ढकालसँग गाएको ‘पहाडको छुकछुके रेल’ चर्चित छ ।