सारेगमप लिटल च्याम्प नेपालको पहिलो उपाधि झापाकी कृपालाई
काठमाडौं । सारेगमप लिटल च्याम्प नेपालको पहिलो उपाधि झापाकी कृपा पौडेलले जितेकी छिन् ।
अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पारेकी पौडेलले उपाभिसँगै नगद १६ लाख जितेकी छिन् । नेपालको ‘चर्चित’ गायन रियालिटी शोको फस्ट रनर अप पनि झापाकी रोशा फुयाल, दोस्रो रनर अप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् । पहिलो र दोस्रो रनर अपले क्रमश सिद्धार्थ वैकका तर्फबाट ४ लाख र ३ लाख प्राप्त गरेका छन् ।
नोवर्डी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइजी लिएर नेपाल भित्र्याएको रियालिटी शोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरे पनि उत्कृष्ट पुरस्कार जितेका छन् ।
कार्यक्रमका अन्तिम पाँच प्रतिस्पर्धीलाई ३-३ वटा गित रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वर्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने छ ।
कार्यक्रमको डिजिटल र फिजिकल अडिसनमा देश–विदेशका ३० हजारभन्दा वढी प्रतिस्पर्धी सहभागी भएका थिए । सहभागी मध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्राण्ड अडिसनमा ३५ जना र ग्राण्ड प्रिमियरमा १५ जना पुगेका थिए ।
कार्यक्रमको निर्णायकमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए । त्यस्तै १५ जना चर्चित गायक पनि ग्रान्ड जुरीका रुपमा भूमिकामा थिए ।
१६ वर्ष मुनिका बालबालिका मात्रै सहभागी हुन पाउने नेपालकै पहिलो रियालिटी शो विभिन्न चरणमा १८ हप्ता चलेको थियो । कार्यक्रममा नेपालका चर्चित व्यक्तित्वले प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा ‘को बन्छ करोडपति सिजन २’ र ‘ठेट लोक दोहोरी’को प्रोमो सार्वजनिक भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया