‘दिदी’ भन्दै भारतीय प्रधानमन्त्री मोदीले लतालाई सम्झिए

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज निधन भएकी चर्चित भारतीय गायिका लगा मंगेशकरको स्मरण गर्दै ‘दिदी’ सम्बोधन गरेका छन् ।
आज ट्विट गर्दै मोदीले भारतीय गीत–संगीत र चलचित्रको क्षेत्रमा मंगेशकरको योगदानको चर्चा गर्दै उनी भारतको विकासका बारेमा सधैँ चिन्तित रहेको बताएका छन् ।
‘लता दिदीका गीतहरूले विभिन्न भावनाहरू ल्याए । उनले दशकौंसम्म भारतीय फिल्म जगतको संक्रमणलाई नजिकबाट देखेकी थिइन् । फिल्मबाहेक, उनी सधैं भारतको विकासको बारेमा भावुक थिइन् । उनी सधैं बलियो र विकसित भारत हेर्न चाहन्थिन्’, उनले लेखेका छन् ।
भारतकी चर्चित गायिका मंगेशकरको निधन आज बिहान भएको हो । उनको ९२ वर्षको उमेरमा निधन भएको हो ।
Lata Didi’s songs brought out a variety of emotions. She closely witnessed the transitions of the Indian film world for decades. Beyond films, she was always passionate about India’s growth. She always wanted to see a strong and developed India. pic.twitter.com/N0chZbBcX6
— Narendra Modi (@narendramodi) February 6, 2022
प्रतिक्रिया