जुवातास खेलेको आरोपमा पाँच पक्राउ

काठमाडौं । जुवातास खेलेको आरोपमा पाँचजना पक्राउ परेका छन् । काठमाडौं –२४ भेडासिंहस्थित सुरज तण्डुकारको घरमा जुवातास खेलिरहेको अवस्थामा शनिबार पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त, जनसेवाका अनुसार उनीहरूको साथबाट नगद दुई लाख ३१ हजार रुपैयाँ, १६ थान कौडा र १९ बुक ताससहित फेला पारी पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया