NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमसिसीबारे पार्टीको अडानप्रति भ्रममा नपरौं : नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसिसीबारे भ्रममा नपर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो पार्टीको पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्रलाई लिएर भ्रममा नपर्न नेता श्रेष्ठले आग्रह गरेका छन् ।

यथास्थितिमा एमसिसी सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन नसकिने उनले स्पष्ट पारेका छन् ।

‘प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसिसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट यस कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ’, उनले लेखेका छन्, ‘पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिँदैन ।’

यसैबीच एमसिसीबारे स्पष्ट धारणा बनाउन भन्दै माओवादी केन्द्रका नेताहरूले आन्तरिक छलफल गर्ने भएका छन् ।