एमसिसीबारे पार्टीको अडानप्रति भ्रममा नपरौं : नारायणकाजी श्रेष्ठ
काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसिसीबारे भ्रममा नपर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नो पार्टीको पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्रलाई लिएर भ्रममा नपर्न नेता श्रेष्ठले आग्रह गरेका छन् ।
यथास्थितिमा एमसिसी सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन नसकिने उनले स्पष्ट पारेका छन् ।
‘प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसिसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट यस कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ’, उनले लेखेका छन्, ‘पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिँदैन ।’
यसैबीच एमसिसीबारे स्पष्ट धारणा बनाउन भन्दै माओवादी केन्द्रका नेताहरूले आन्तरिक छलफल गर्ने भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया