NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

फैलदैं अवैध लागूऔषध कारोबार, एकैदिन चार घटना सात पक्राउ

काठमाडौं । नेपालमा लागूऔषध कारोवारलाइ जघन्य अपराधको रुपमा हेरिन्छ । लागूऔषध कारोवारमा दैनिक धेरै जना पक्राउ पर्ने गरेका छन् । यी हुन् आज भएका लागूऔषध कारोबारका चार घटना ।

घटना नं–१

काठमाडौं–३२ नरेफाट मनोहरा करिडोरबाट सर्लाही घर भएका २० वर्षीय अर्जुन मण्डल लगायत २ जना पक्राउ परे । उनीहरूलाइ लागूऔषध ३ सय एम्पुल नुर्फिन, ३ सय एम्पुल फेनारगन र ३ सय एम्पुल डाइजेपाम सहित शनिबार साँझ पक्राउ गरिएको हो ।
उनीहरूलाइ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटना नं–२

काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट रौतहटका २१ वर्षीय संजय कुमार महतो शनिबार बिहान प्रहरीले पक्राउ परे ।
रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४७४९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा संजयले झोलाभित्र लुकाई ल्याएको लागूऔषध सहित पक्राउ गरेको हो ।

उनको साथबाट लागूऔषध ६ सय एम्पुल डाईजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुर्फिन फेला पारिएको थियो ।

घटना नं–३

झापाको मेचीनगर–१५ कालिका टि–स्टेटबाट मैनागढी गाउँ बस्ने २७ वर्षीय रन्जित गणेश र भारत दार्जिलिङ बस्ने २५ वर्षीय मोहम्मद सुल्तान शनिवार पक्राउ परे ।

उनीहरूको साथबाट १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर फेला प-यो ।

प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल बिओपी ज्यामिरगढीको गस्तीमा खटिएको संयुक्त प्रहरीले उनीहरूलाइ पक्राउ गरेको हो ।

घटना नं–४

४ केजी ५ सय ग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित गौरीगंगा–१० उदासिपुर कैलालीबाट सोही ठाउँ बस्ने ४५ वर्षीय मान बहादुर धामी र ३२ वर्षीय बिर्ख धामी पक्राउ परे ।

शनिवार दिउसो से.२ प ४११५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

माथिका सवै घटनाहरू शनिवार एक दिनको हो । नेपाल प्रहरी लागू औषध नियन्त्रण व्यूरोका अनुसार पक्राउ परेका सवैसँग घटनाका बारे अनुसन्धान गरिदै छ । उनीहरूलाइ लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारवाही गरिने छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष