क्यानडाको राजधानीमा संकटकाल घोषणा
काठमाडौं । क्यानडाको राजधानी ओटावा क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । कोभिड–१९ प्रतिबन्धविरुद्ध ट्रक चालकहरूको प्रदर्शन चर्किएपछि संकटकाल घोषणा गरिएको हो ।
ओटावाका मेयर जिम वाट्सनलाई उद्धृत गर्दै बिबिसीले सहर पूर्ण रूपमा नियन्त्रणबाहिर गएपछि संकटकाल घोषणा गरेको लेखेको छ ।
क्यानडाको रेडियो सिएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले असंवेदनशील व्यवहार देखाएको आरोप लगाए ।
प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर परिस्थिति बिगारेको उनको भनाइ छ ।
उनले प्रदर्शनले शहरका बासिन्दाको सुरक्षामा असर पुगेको उल्लेख गर्दै यसलाई छिट्टै समाधान गर्नुपर्ने बताए ।
संकटकाल लगाइए पनि अब के–के हुन्छ भनेर प्रष्ट पारिएको छैन ।
ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै त्यहाँ प्रदर्शन भइरहेको छ । जसलाई ‘फ्रिडम कन्भोई’ नाम दिइएको छ ।
क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक छन् । यसका चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको बिबिसीमा उल्लेख छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया